प्रज्ञा-प्रतिष्ठानद्वारा कविता र निबन्ध प्रतियोगिताको आयोजना

२०७७ फाल्गुन ७, शुक्रबार १४:२६ गते २०७७ फाल्गुन ७, शुक्रबार १४:२६ गते २०७७ फाल्गुन ७, शुक्रबार १४:२६ गते

काठमाडौं, ७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले शुक्रबार ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिबिम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ ५० हजार रुपैयाँ, द्वितीयतर्फ ४० हजार रुपैयाँ र तृतीयतर्फ ३० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा. उपाध्यायले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *