अस्ट्रेलियामा गरेको समाचार निषेधबारे फेसबुकले दियो यस्तो प्रतिक्रिया

२०७७ फाल्गुन ८, शनिबार १२:३९ गते २०७७ फाल्गुन ८, शनिबार १२:३९ गते २०७७ फाल्गुन ८, शनिबार १२:३९ गते

काठमाडौं, फागुन ८ : सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ ।अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको कडा प्रतिक्रियापछि यो घटनाले नेपाललगायत समग्र विश्वमा के प्रभाव पार्ला भन्ने चर्चा चुलिएको छ । अस्ट्रेलियाको कानुनी व्यवस्थाको प्रभाव केही देशमा देखिन थालिसकेको छ ।

गत बुधबार संसद्द्वारा पारित एक कानुनले गुगल तथा फेसबुकजस्ता कम्पनीले सम्बन्धित समाचार संस्थाका समाचार आफ्नो सोसल प्लेटफर्ममा प्रकाशन गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधान राखेको छ । अर्थात्, अब यसअघि जस्तो समाचार सामग्री सामाजिक सञ्जालमा पूर्ववत् हिसाबले निःशुल्क उपलब्ध हुनेछैनन् ।सुरुदेखि नै उक्त प्रस्तावित प्रावधानको विरोधमा रहेको फेसबुकले अस्ट्रेलियाले उक्त कानुन ल्याएलगत्तै आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाका प्रयोगकर्ताले कुनै पनि समाचार हेर्न तथा साझा गर्न नपाउने बनायो ।

फेसबुकका अनुसार अस्ट्रेलियाबाट फेसबुकमा अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समाचार हेर्न र सेयर गर्न पाइनेछैन भने अस्ट्रेलियाबाहिर रहेकाले अस्ट्रेलियाका न्युज पृष्ठमा गएर फेसबुकमार्फत समाचार हेर्न र साझा गर्न पाउनेछैनन् ।यसैगरी अस्ट्रेलियाका प्रकाशकले आफ्ना सामग्री फेसबुक पृष्ठमा सेयर गर्न पाउनेछैनन् भने अन्तर्राष्ट्रिय प्रकाशकले फेसबुकमा समाचार सामग्री राख्न त पाउनेछन् तर उक्त सामग्री अस्ट्रेलियाबाट हेर्न र साझा गर्न पाइनेछैन ।

फेसबुकका अस्ट्रेलिया र न्युजिल्यान्डका प्रबन्ध निर्देशक विलियम इस्टनले बुधबार आफ्नो एक ब्लगमा भनेका छन्, ‘गत वर्ष फेसबुकले ५ अर्ब १ करोडको संख्यामा अस्ट्रेलियाली प्रकाशकका लागि उनीहरूका समाचारको निःशुल्क रिफरल सिर्जना गरेको थियो र मूल्यका हिसाबले यो ४० करोड ७० लाख अस्ट्रेलियाली डलर बराबर थियो ।’ तर फेसबुकको पछिल्लो कदमले ट्राफिक र आय दुवै हराउने भएको छ ।

चाखलाग्दो के छ भने अस्ट्रेलियाको नयाँ नियमप्रति खुसी नहुँदानहुँदै पनि गुगलले नयाँ नियमअनुसार नै सिड्नी मर्निङ हेराल्ड र द एज प्रकाशन गर्ने कम्पनी नाइन इन्टरटेनमेन्ट कर्पाेरेसनसँग वार्षिक ३ करोड अमेरिकी डलरको सम्झौता गरेको छ, जसअन्तर्गत यी समाचार माध्यमका समाचार सामग्री गुगलमा उपलब्ध हुनेछन् । यसैगरी दी अस्ट्रेलियन, द डेली टेलिग्राफ र द हेराल्ड सन प्रकाशन गर्ने कम्पनी रुपर्ट मुर्डाेक न्युज कर्पाेरेसनसँग पनि गुगलले तीन वर्षे सम्झौता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *