एजेन्सी, ९ फागुन : अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।
विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीको खबरमा उल्लेख गरिएको छ । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0