मकवानपुर, ९ फागुन : मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झ’डप हुँदा पाँच जना घाइते भएका छन् । झ’डपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।राक्सिराङको कुपिनटारमा भएको झ’डपलाई नियन्त्रणमा लिन प्रहरीले दुई रा’उण्ड ह’वाई फायरसमेत गरेको छ । गाँ’जा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन ह’वाई फा’यर गर्नुपरेको चौधरीले बताइन् ।
राक्सिराङ गाउँपालिका-१ का कान्छाराम रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पक्राउबारे आपत्ति जनाएकी छिन् । प्रहरीले बारीमा लुकाएर राखेको अवस्थामा शनिबार १८ क्विण्टल गाँ’जा बरामद गरी नस्ट गरेको थियो ।
Views: 0