ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

२०७७ फाल्गुन ९, आईतवार १७:०४ गते २०७७ फाल्गुन ९, आईतवार १७:०४ गते २०७७ फाल्गुन ९, आईतवार १७:०४ गते

९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् ।उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई पैसा दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

‘उहाँको मोटरसाइकलमा नम्बर प्लेट रहेनछ,’ उनले भने, ‘चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको छ ।’प्रमुख आचार्यका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *