दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई

२०७७ फाल्गुन १३, बिहीबार २१:१३ गते २०७७ फाल्गुन १३, बिहीबार २१:१३ गते २०७७ फाल्गुन १३, बिहीबार २१:१३ गते

काठमाडौं, १३ फाल्गुण- राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो । जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु ध्यानगोविन्द रंजित, अन्जन श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो । सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आफुलाई योग्य ठानेकामा जनप्रशासन संघ, सम्मान छनौट समिति र पुरस्कार स्थापना गरेकामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति आभार व्यक्त गरे ।

कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले संघले निजामती ऐन, कर्मचारीको क्षमता विकास, जनशक्ती व्यवस्थापन आदीको पक्षपोषण गर्दै आएको जानकारी गराउदै यो सम्मान १६ औ श्रिँखला भएको उल्लेख गरे । साथै, उनले हेम बहादुर मल्लको व्यक्तित्व बारे चर्चा गर्दै उनी कर्मठ, इमान्दार, सदाचारी एवम् कुशल व्यवस्थापक भएको स्मरण समेत गरे । यसै गरि उक्त सम्मान छनौट समितीका संयोजक पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेलले कुल नब्बे सिफारिस मध्येबाट विभिन्न्न चरण पार गरी अन्तिममा ३ जना मध्येबाट पनि डा. दासलाई सर्वोकृष्ट ठहर गरिएको जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनको सेवा प्रवाह पारे प्रकाश पार्दै सुपथ मुल्यमा सर्वसुलभताका साथ अत्यावश्यकिय वस्तुहरुको कारोबार गर्दै आएको उल्लेख गरे । साथै, उनले कार्यक्रममा उपस्थितीका लागि राष्ट्रपति लगायत समस्तमा धन्यवाद व्यक्त गरे । त्यसैगरि अर्को चरणमा दरबार मार्गमा आयोजित कार्यक्रम माझ सम्मानित व्यक्तित्व डा. दासलाई दोसल्ला ओडाईनुका साथै पुरस्कार राशी सहितको चेक हस्ताण्तरण गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै आएको सन्दर्भ उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने सिलसिला कर्पोरेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाइन् । साथै, उनले कर्पोरेशनले २०६० साल देखी हेम बहादुर मल्ल सम्मानका लागि जनप्रशासन संघसँग सहकार्य हुँदै आएको जानकारी गराउदै हेम बहादुर मल्ल सम्मान २०७५ बाट सम्मानित व्यक्तित्व डा. गौरी शंकर लाल दासले चिकित्सा एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सर्हाना गर्दै बधाई ज्ञापन गरिन ।

सम्मानित व्यक्तित्व डा. दासले आफुले २०१८ सालमा चिकित्सा सेवा प्रारम्भ गरेको स्मरण गर्दै रोचक प्रसङ्हरु बारे चर्चा गरेका थिए । सो अवसरमा संघ अध्यक्ष कृष्णहरि बाँस्कोटा, प्रा. डा. चुणाराज शर्मा, प्रा. यशोधा पौडेल, संघ महासचिव रामशरण चिमोरिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पुर्व सचिवहरु विद्याधर मल्लिक, उमेश मैनाली, शान्तराज सुवेदी, चन्द्र घिमिरे लगायत उच्च पदस्थहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा भएको थियो । हेम बहादुर मल्ल सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लि. का पुर्व अध्यक्ष एवम् पुर्व महाप्रबन्धक स्व. हेम बहादुर मल्लको सम्मानमा स्थापना गरिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *