कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, उपचार चल्दै

२०७७ फाल्गुन १४, शुक्रबार १४:२१ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:२१ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:२१ गते

काठमाडौं, १४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।जोशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा अहिले नर्भिक अस्पतालमा लगिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । जोशीको मस्तिष्कमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार जोशीको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भईरहेको छ । जोशीको छातीमा समस्या देखिदै आएको थियो । त्यसबेला विर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगाना र छाला रोग विशेषज्ञ डा. अनुपमा कार्कीले उपचार गरेका थिए । उनको छालामा दादको पनि समस्या देखिएको थियो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *