काठमाण्डौमा फेरि बर्ड फ्लू भेटियाे : एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट

२०७७ फाल्गुन १४, शुक्रबार १४:३१ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:३१ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:३१ गते

काठमाडौँ, १४ फागुन : काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिनुभयो । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताउनुभयो । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ।

तारकेश्वर नगरपालिका-१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ। कुन-कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्यन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने र २ देखि ३ महिनाभित्र किसानले क्षतिपूर्ति पाउने तारकेश्वर नगरपालिकाका वडा सदस्य कुँवरले बताउनुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *