दशैँ-तिहारका लागि विशेष सुरक्षा योजना : २४सै घण्टा ६ सय सुरक्षाकर्मी परिचालित

२०७५ आश्विन १९, शुक्रबार ०८:३४ गते २०७५ आश्विन १९, शुक्रबार ०८:३४ गते २०७५ आश्विन १९, शुक्रबार ०८:३४ गते

दशैँ-तिहारका लागि विशेष सुरक्षा योजना : २४सै घण्टा ६ सय सुरक्षाकर्मी परिचालितपोखरा । दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलार्इ लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरी दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिए ।

शान्ति सुरक्षाकै लागि सशस्त्र प्रहरीले समेत १५० सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धानको टोली पनि पोखराको मुख्य–मुख्य चोकमा परिचालित हुनेछ । पोखराको मुख्य चोकका ९ स्थानमा सिआरभी टोली खडा हुने छ । अस्थायी प्रहरी पोष्ट २० स्थानमा, ग्रामीण क्षेत्रमा १४ गस्ती प्रहरी टोली, सहरी क्षेत्रमा छ मोबाइल टोली परिचालन हुने छ ।

आर्थिक कारोबार हुने बैंक तथा सहकारी संस्था र व्यापारिक केन्द्रमा गस्ती टोली, नवदुर्गाको पूजाको समयमा भीड लाग्ने विभिन्न मन्दिर विन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिरमा सुरक्षा व्यवस्था कडा पारिने छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed