देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डे

२०७७ फाल्गुन १४, शुक्रबार २०:५९ गते २०७७ फाल्गुन १४, शुक्रबार २०:५९ गते २०७७ फाल्गुन १४, शुक्रबार २०:५९ गते

बुटवल-लुम्बिनी प्रदेश संसद कल्पना पाण्डेले देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता भएको बताएकी छिन । लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीकाे काेटहिमाई गाउँपालिकामा युवा उद्यमशिलता कार्यक्रमकाे उद्घाटन गर्दै उनले उनले सो कुरा व्यक्त गरेकी हुन । प्रदेश सांसद पाण्डेकाे पहलकदमीमा लुम्बिनी प्रदेश सरकारकाे लगानी माझ सुभारम्भ भएकाे युवा उद्यमशिलता कार्यक्रममा पाण्डेले युवाहरू भनेको देशकाे कर्णधार भएकाेले अब सीप सिकेर देश निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । युवा / युवतीले अगरवत्ति, मैनवत्ति, बुटिक लगायतकाे सिपमुलक तालिम लिएर आँफैमा आत्मनिर्भर हुन याे अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न आग्रह गरिन । लुम्बिनी प्रदेशमा नै कान्छी सभासद मध्येमा पर्ने सांसद पाण्डेले युवा लक्षित कार्यक्रम मार्फत देशलाई अगाडि बढाउन आफुले सक्दाे याेगदान गर्न लागिपरेकाे पनि उल्लेख गरिन । तालिममा काेटहिमाई गाउँपालिकाका युवायुवतीकाे उल्लेख्य सहभागीता रहेकाे थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *