सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध साइबर मुद्दा

२०७७ फाल्गुन १५, शनिबार ०७:१५ गते २०७७ फाल्गुन १५, शनिबार ०७:१५ गते २०७७ फाल्गुन १५, शनिबार ०७:१५ गते

काठमाण्डाै : बिबिसीको प्रभावशाली सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध प्रहरीले साइबरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले उनीमाथि साइबर मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।उनीमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको छ। प्रहरीले बस्नेतको मोबाइल फोनलाई नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो त्यहाँबाट रिपोर्ट आएसँगै प्रहरीले विनयजंगमाथि साइबर मुद्दामा अनुसन्धान अघि बढाएको हो। प्रहरीले विनयजंगलाई फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो। उनीविरूद्ध सपनाले अभद्र व्यवहारको मुद्दामा परिसरमा जाहेरी दिएकी थिइन्।

प्रहरीले उनको मोबाइल फोनबाट केही प्रमाण भेटिएमा साइबर मुद्दा चलाउने तयारी रहेको एसएसपी सिंहले बताएका थिए। विनयजंग बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएका थिए। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *