भारतले रुससँग अर्बौँ डलरमा खरिद गर्ने ‘एस–४००’ यस्तो छ

२०७५ आश्विन १९, शुक्रबार ०८:४५ गते २०७५ आश्विन १९, शुक्रबार ०८:४५ गते २०७५ आश्विन १९, शुक्रबार ०८:४५ गते

भारतले रुससँग अर्बौँ डलरमा खरिद गर्ने ‘एस–४००’ यस्तो छएजेन्सी

नयाँ दिल्ली : भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट गरेका छन् ।

नयाँदिल्लीमा पुटिनलाई स्वागत गर्दै मोदीले हैदरावाद हाउसमा औपचारिक भेट गरेका छन् । यस भेटवार्तामा २० सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । यो भेटवार्ता मूलतः रुसबाट भारतले ल्याउने भनिएको एस–४०० मिसाइल डिफेन्स सिस्टममाथि सम्झौतामा केन्द्रित हुनेछ ।

के हो एस–४०० डिफेन्स सिस्टम ?
भारतले रुसबाट ल्याउने भनेको यो डिफेन्स सिस्टम त्यस्तो हो, जुन विषयलाई लिएर अमेरिकाले भारतलाई पटक पटक चेतावनी दिइसकेको छ । एक साताअघि मात्रै अमेरिकाले यो सिस्टम रुसबाट खरिद नगर्न भारतलाई दबाव दिएको थियो ।

एस–३०० को अपडेटेड भर्सनको रुपमा एस मिसाइल सिस्टमलाई बुझिन्छ । जमिनबाट हावामा प्रहार गर्नमिल्ने यो सिस्टमले दुश्मन देशका जहाज, ड्रोन र मिसाइल समेत नष्ट गरिदिन सक्छ ।

रुसले यो सिस्टमलाई सिरियामा अहिले उपयोग गर्दै आएको छ । यसले मिसाइल र लडाकु विमानलाई ४ सय कलोमिटर दूरी टाढासम्म हमला गर्न सक्छ । यसको भारतीय मुल्य मात्रै ३७ हजार करोड रुपैयाँ पर्छ ।

डिफेन्स सिस्टमले एक तर्फ मिसाइल सील्डको काम पनि गर्छ । पाकिस्तान र चीनको एटमी क्षमता भएको ब्यालिस्टिक मिसाइलको खतरालाई जवाफी हतियार हुनसक्ने भारतीय मिडियाले टिप्पणी गरेका छन् ।

यो सिस्टमले अमेरिकाको सबैभन्दा एड्भान्स फाइटर जेट एफ–३५ लाई समेत नष्ट गर्नसक्छ । साथै सिस्टम–३६ परमाणु क्षमता भएको मिसाइललाई एकैसाथ नष्ट गर्न सक्छ । भारतले यो हतियार खरिद गरेपछि यस्तो शक्तिशाली हतियार खरिद गर्ने चीनपछि भारत दोस्रो मुलुक हुने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *