कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

२०७७ फाल्गुन १६, आईतवार १५:२२ गते २०७७ फाल्गुन १६, आईतवार १५:२२ गते २०७७ फाल्गुन १६, आईतवार १५:२२ गते

काठमाडौं, १६ फागुन, कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली संघ ‘कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *