उर्लाबारी युवक मृ’त्यु प्रकरण : फरार प्रतिवादी गिरी प’क्राउ

२०७७ फाल्गुन १७, सोमबार ११:०३ गते २०७७ फाल्गुन १७, सोमबार ११:०३ गते २०७७ फाल्गुन १७, सोमबार ११:०३ गते

मोरङ : उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शं’कास्पद मृ’त्यु भएको प्रकरणमा फरार प्रतिवादीमध्ये एक जनालाई प्र’हरीले प’क्राउ गरेको छ । उर्लाबारी ६ का रमेश गिरी प’क्राउ परेका हुन् । गिरीकै घरमा बास्तोलाको पुस ४ गते राति श’व भेटिएको थियो ।जिल्ला प्र’हरी मोरङका प्रवक्ता प्र’हरी नायब उपरीक्षक मानबहादुर श्रेष्ठले गिरी आइतबार आफैं प्र’हरीको सम्पर्कमा आएको र सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइने बताए । उक्त घ’टनामा अझै तीन प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार र दीपेश पौडेल फरार छन् । उनीहरू पनि चाँडै प’क्राउ पर्ने राईले बताए ।

उक्त प्र’करणमा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने ष’ड्यन्त्र गरिएको भन्दै बास्तोलाको परिवार विरोधमा उत्रेपछि प्र’हरीले मंगलबार ६ जनावि’रुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।प्र’हरीले मिसिलसाथ उपस्थित गराएका उर्लाबारी–६ का रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न र होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा छाड्न जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार आदेश दिएको थियो ।घ’टनाको अनुसन्धानमा बेवास्ता गरिएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रेपछि जिल्ला प्र’हरी मोरङले प्र’हरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *