ममाथि शारीरिक आक्रमण हुन सक्छ, पार्टीलाई तलमाथि पर्न दिन हुन्न : प्रधानमन्त्री ओली

२०७७ फाल्गुन १७, सोमबार १५:४७ गते २०७७ फाल्गुन १७, सोमबार १५:४७ गते २०७७ फाल्गुन १७, सोमबार १५:४७ गते
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM's Secretariat

काठमाडौं, १७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताएका छन् । पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताए ।‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन| ’

सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी-विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका हुन् । उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए ।‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ’, ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ| ’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *