काठमाडौं : नेपालस्थित अमेरिकी दुतावसले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ।तेजाव आ’क्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने दूतावासले जनाएको छ।हाल १५ औं संस्करणमा रहेको सो पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने छ|

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *