भगवान् गणेशलाई लड्डु किन चढाइन्छ ?

२०७५ आश्विन २१, आईतवार ०८:११ गते २०७५ आश्विन २१, आईतवार ०८:११ गते २०७५ आश्विन २१, आईतवार ०८:११ गते

भगवान् गणेशलाई लड्डु किन चढाइन्छ ?
सनातन धर्ममा मांगलिक कार्य तथा उत्सवमा लड्डुको प्रयोग गरिन्छ। विवाह, सन्तानप्राप्तिदेखि परीक्षामा पास भएका खुशीयाली पनि लड्डु बाँडरै मनाइन्छ।

भगवान् गणेशको पूजामा विशेषगरी लड्डुको महत्त्व छ। घरमा गरिने सामान्य पूजा हाेस् वा मन्दिरमा गरिने ठूला ठूला अनुष्ठान गणेश पूजाका क्रममा नैवेद्यका रूपमा लड्डु चढाइन्छ। गणेशचाैथी वा म‌ंगलचाैथीमा पनि ठूलो मात्रामा लड्डुको भोग लगाइन्छ।
किन चढाइन्छ त शिव र पार्वतीका पुत्र गणेशलाई लड्डु? यो विषयमा पुराणमा एउटा कथा छ।

एकपटक भगवान् गणेश र परशुरामबीच घमासान युद्ध भयो। त्यस क्रममा गणेशको सबै दाँत झर्न पुग्यो। यसकारण उनलाई खानसमेत कठिन हुन थाल्यो।
यसैकारण उनलाई खुवाउने सजिलो पदार्थको खोजी भयाे। समाधान निस्कियाे– लड्डु। त्यसैले उनका लागि लड्डु बनाउन थालियो। लड्डु ज्यादै नरम र नचपाई खान सकिने भएका उनको सबैभन्दा प्रिय बन्यो, त्यसैले उनको नाम नै रह्यो मोदकप्रिय।

लड्डुलाई संस्कृतमा मोदक भनिन्छ। मोदकप्रिय अर्थात् लड्डु मन पराउने। लड्डुको अर्थ हो आनन्द वा खुशी।

त्यसैले गणेशलाई लड्डुको भोग लगाउने परम्परा बस्यो। लड्डुलाई ज्ञानको प्रतीक पनि मानिन्छ। भगवान् गणेशलाई ज्ञानको देवता भनिन्छ। अर्को अर्थमा दाँत नअाएका बालकदेखि दाँत झरेका वृद्धसम्मलाई खान सजिलो हुन्छ, लड्डु। त्यसैकारण भगवान् गणेशलाई भोग लगाउने र प्रसादका रूपमा मानिसले लिने चलन चलेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *