भोलि बाट बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल हुदै

२०७७ चैत्र २७, शुक्रबार २३:०३ गते २०७७ चैत्र २७, शुक्रबार २३:०३ गते २०७७ चैत्र २७, शुक्रबार २३:०३ गते

काठमाडौं । नयाँ बर्ष २०७८ लाई स्वागत गदै ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र वुक्षालय रिसोर्ट एण्ड कालिज फार्मको संयुक्त आयोजनामा बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना गरिने भएको छ ।फेस्टिवल आगामी चैत २८ देखि बैशाख १ सम्म काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका ११ स्थीत वुक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा हुन लागेको पत्रकार सम्मेलन आयोजना गरीने बताईयो।

कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको जानकारी दिईयो ।समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण,प्रचारप्रसार र प्रवद्र्धन मुख्य उदेश्य रहने संस्था अभियान्ता अककल बहादुर तामाङले जानकारी दिनु भयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झांकीहरु प्रस्तुत सहित रैथाने परिकारको स्वाद लिन सकिने छ। कार्यक्रम स्थलमा कालिज फार्म रहेकोले कालिजको बिभिन्न थरिका स्वादिलो परिकार, नेवारी खाना,बेकरी,सातै प्रदेश खाना सहित स्थानिय महिला समुह द्वारा उत्पादन गरिएको खाद्य पदार्थ, कृषि उत्पादन, सामाग्रीहरू विभिन्न स्टलका साथै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष सुरेश चन्द्र बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा संस्था उपाध्यक्ष सन्तोष कुवर कोषाध्यक्ष रमेश भण्डारी इनफ्लाइट सेफ वेद अधिकारी,लगाएत ले भोजन पर्यटनको विकास गर्न ग्यास्ट्रोनोमि फुड फेस्टिवल आवश्यक रहेको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *