मकर, मिथुन र कर्कट राशि हुनेले नछुटाइ पढ्नुहोस् । राशिको स्वभावका आधारमा प्रेम सम्बन्ध

२०७५ आश्विन २१, आईतवार ०८:३५ गते २०७५ आश्विन २१, आईतवार ०८:३५ गते २०७५ आश्विन २१, आईतवार ०८:३५ गते

मकर, मिथुन र कर्कट राशि हुनेले नछुटाइ पढ्नुहोस् । राशिको स्वभावका आधारमा प्रेम सम्बन्धराशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।

तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

मिथुन राशि -मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।

कर्कट राशि -जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिससँग कर्कट राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मेष, सिंह या धनु राशि हुनेहरु त्यति राम्रो मानिदैन । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

मकर राशि -जुन मानिसको राशि मकर हो ती मानिसका लाथि वृष, कन्या या मकर राशिका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य रहन्छन् । यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशि का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशिका मानिसक लागि मिथुन, तुला या कुम्भ राशि सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *