कोरोना मुक्त भयो मदन कृष्ण श्रेष्ठ भन्छ्न-सबैको राम्रो सोचौ ।

२०७८ बैशाख २०, सोमबार ११:४६ गते २०७८ बैशाख २०, सोमबार ११:४६ गते २०७८ बैशाख २०, सोमबार ११:४६ गते

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भएका छन् l कोरोनाको सिकार भएका उनी केही दीन देखी अस्पतालमा कोरोनाको उपचार गराइरहेका थिए l ८ दीन पछि कोरोनालाई जितेर फर्केका श्रेष्ठले उक्त खबरलाई सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l सञ्जालमा भिडियो हाल्दै मदनले भनेका छन् l यो समयमा राजनीतिक भावना बोकेर कसैले कसैको नराम्रो नसोचौँ । सबैको राम्रो सोचौँ ।’ गतबर्षको कोरोनाले मानिसको इम्यूनिटी पावर कमजोर बनाएको थियो भने यो पटकको कोरोनाले मानिसको शक्ति कमजोर बनाएको बताए । यस्तो बेलामा सबैले सबैको सहयोग गरे मात्र कोरोनालाई जित्न सकिने उनको तर्क छ ।उनले एकले अर्कोलाई नराम्रो सोच्दा मनमा राक्षसीपन मात्र पलाउने भन्दै यसले फाइदा नगर्ने बताएका छन् । आफ्नो परिवारका ५ जना सदस्यमा कोरोना पुष्टि हुँदा तातो पानी तताएर पनि खान नसक्ने अवस्था रहेको भन्दै उनले छिमेकीहरूको सहयोगले तग्रिन सकेको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *