कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

२०७५ आश्विन २२, सोमबार ०२:३९ गते २०७५ आश्विन २२, सोमबार ०२:३९ गते २०७५ आश्विन २२, सोमबार ०२:३९ गते

२२ आश्विन २०७५, सोमवार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बाह्रखरीलाई जानकारी दिए अनुसार आइतबार स्थगित बैठक आज हुन लागेको हो ।

सो बैठक आइतबार ४ बजेका लागि तय भएपनि ने क पाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

पार्टीका प्रदेश प्रमुख तथा संसदीय समितिका सभापति नियुक्त गर्दा अध्यक्षद्वयले एकलौटी गरेको आरोप तेस्रो बरियतामा रहेका नेता माधवकुमार नेपालले लगाएपछि सो पार्टीका कार्यकर्ताबीच आरोप प्रत्यारोप भइरहेकै बेलामा यो बैठक हुन लागेको हो ।

१२ खरी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *