३६ अर्ब २३ करोडको कृषि बजेट ल्याउने तयारी

२०७८ बैशाख २४, शुक्रबार ०९:५२ गते २०७८ बैशाख २४, शुक्रबार ०९:५२ गते २०७८ बैशाख २४, शुक्रबार ०९:५२ गते

काठमाडौं, २४ बैशाख : आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो ।गतवर्ष सरकारले कृषिक्षेत्रको कुल बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट प्राप्त सिलिङका आधारमा यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिक्षेत्रको बजेटको खाका निर्माण गर्दै छ ।

बिहीवार एशोसिएशन अफ एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले आयोजना गरेको ‘कोरोना महामारी र कृषि बजेट’ विषयको भर्चुअल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा योजना शाखा प्रमुख डा. हरिबहादुर केसीले मन्त्रालयले आगामी आवका लागि ३६ अर्ब २३ करोड रुपैयाँको बजेटको खाका तयार गरिरहेको बताएका हुन् ।कृषिको कुल बजेटमध्ये करीब २५ प्रतिशत बजेट अर्थात् ११ अर्ब रुपैयाँ रासायनिक मलमा खर्च हुने बताइएको छ । कार्यक्रममा बोल्दै कृषि उत्पादनका लागि रासायनिक मल प्रमुख आवश्यकता भएकाले यसका लागि ठूलो परिमाणमा रकम विनियोजन गर्नुपरेको केसीले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *