अमेरिकामा डरलाग्दो साल्मोनेलाको संक्रमण: यस्ता छन् लक्ष्यण

२०७८ जेष्ठ ११, मंगलवार १९:०२ गते २०७८ जेष्ठ ११, मंगलवार १९:०२ गते २०७८ जेष्ठ ११, मंगलवार १९:०२ गते
???????????????????????????????????????????????????????????????????????

९ जेठ, काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो ।

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका हुन् ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।” त्यसो नगरी, यसको कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ। ”

यो चेतावनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्छन् । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन् ।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उपचारविना निको हुन्छन्, तर अधिक गम्भीर अवस्थामा मृत्यु पनि आउन सक्छ।

अष्ट्रेलियाका विश्वविद्यालहरुद्वारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह:अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ। कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन्।

अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन। महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।

जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन्। अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ।

यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन्।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *