काठमाडौ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको बुवा रामबहादुर अधिकारीको सोमवार निधन भयो । उनी संक्रमित थिए । संक्रमित भएकाले स्वास्थ्य मापदण्ड अनुसार उनको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा निश्चित ब्यक्तिहरु मात्र पुगेका थिए ।

अधिकारीको सोमवार निधन भएको हो । करिब तीन सातादेखि रोगसँग सं घर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

अभिनेता तथा ज्योतिष हरिहरको निकै नजिक छन् नायीका नीता ढुंगाना । केहीले उनीहरुबीच प्रेम रहेको समेत दा वी गर्छन । यद्धपी नीता र हरिहरले यो कुरालाई सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । तर दुवैले आफुहरु निकै राम्रो साथी भएको बताउँछन् । नीताको हरेक काममा हरिहर साथमा हुन्छन् भने हरिहरलाई पनि नीताले साथ दिन्छिन् ।

हरिहर बुवाको मृ त्युमा भा वविह्वल हुँ दा नीताले उनलाई निकै ढा डस दिएकी छन् । उनी पनि पशुपति पुगेकी थिइन् । भावुक भएका हरिहरलाई नीताले सम्हालेको भिडियोमा देख्न सकिन्छ । उनले एक छिन पनि हरिहरलाई छोडेकी छैनन् ।

सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा हो मिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *