काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । अक्सिजन अभावका कारण दैनिक कोरोना संक्रमितको पनि ज्यान गइरहेको छ । यसैबीच
कोरोनाका कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले सहयोगको घोषणा गरेको छ । अमेरिकाले बिहिबार नेपाल सरकारलाई थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको हो ।
अमेरिकी राजदूतावासका अनुसार अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने भएको छ ।
अमेरिकी सरकारले नेपालमा कोरोना संक्रमणबो शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना संक्रमण परीक्षण उपकरणलगयातका कोरोनाविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको छ ।
Views: 0