सागर थापा
दाङ १५ माघ
५.नम्बरमा सुरक्षा सर्तकताले मात्र सडक दुर्घटना रोक्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तुलसीपुरमा आयोजना गरिएको प्रदेशनम्वर ५ स्तरिय सडक दुर्घटना न्यूनीकरण एवं अवैध लागुऔषध नियन्त्रण सिधा कारबाही अभियान, अनुशिक्षण उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा विभिन्न कारणले दुर्घटना र लागुऔषध प्रयोगकर्ता पनि बढ्दै गएकोमा चिन्ता प्रकट गरेका थिए । ‘गाउँगाउँमा गाँजा तथा अन्य लागुऔषध प्रयोगकर्ताहरु बढेको र उनीहरुलाई समयमै नियन्त्रण गर्न नसके यसले पछि बिकराल प्ररिस्थिति उब्जने बताएका थिए । कार्यक्रममा तुलसीपुरका विभिन्न स्थानमा लागु औषध बिक्री बितरण भइरहेको सहभागीहरुले बताएका थिए ।
सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर र ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले ट्राफिक नियमको पालना, लागुऔषध नियन्त्रणका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो क्रममा अधिकांश दुर्घटनाहरु सवारी चालकहरुको लापरबाहीले हुने गरेको बताइएका थियो । सामुदायीक प्रहरी सेवा सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा ५ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मधुप्रसाद पुडासैनीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पुडासैनीले ‘सिधा कारबाही अभियान’ अब गाउँगाउँसम्म लैजाने भन्दै यसमा समाजका अगुवाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा दुर्घटनाका कारण वर्षेनी १८ हजारको मृत्यु हुने भन्दै सडक दुर्घटना न्यूनीकरण एवं अवैध लागुऔषध नियन्त्रणका लागि सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । ‘धरैजसो सवारी दुर्घटना चालकको लापरबाहीको कारणले हुने गरेको छ, सडक साँघुरो जनसंख्या बृद्धिले पनि केही असर गरेको छ’, प्रमुख पुडासैनीले भन्नुभयो ।
Views: 0