मजदुरको अवस्थ देखेर बोल्नै सकेनन् धुर्मुस, यसरी सहयो लिएर पुगे विपन्न वर्गको सहारा बन्न (भिडियो )

२०७८ जेष्ठ १३, बिहीबार १९:०३ गते २०७८ जेष्ठ १३, बिहीबार १९:०३ गते २०७८ जेष्ठ १३, बिहीबार १९:०३ गते

यी व्यक्ति हुन् सिताराम कट्टेल (धुर्मुस),जबजब देशमा आपत विपद आइलाग्छ,यीनलाई घरमा भन्दा सडकमै देख्न पाइन्छ।यीनले ट्र्याक्टर चलाएको पनि देखियो,डोजर चलाएको पनि देखियो,ट्रीपर चलाएको पनि देखियो र रोलर चलाएको पनि देखियो। त्यो त छँदै थियो।आज अर्को नयाँ दृश्य पनि देखियो जसमा उनी गाडीभरी तेल,चामल बोकेर जाँदै थिए।हामी उनको पछिपछी लाग्यौं।

उनलाई देख्नेबित्तिकै जोकोहीलाई पनि खुलेर उनको काम प्रती मुक्तकण्ठले प्रशंसा गर्दछन्। यसै क्रममा बाटोमा जाने क्रममा एकजना बुढी आमाले उनलाई आशीर्वाद दिँदै छोरा छोरी हुन् त तपाईं जस्ता भन्दै खुलेर प्रशंसा गर्नुभयो।जाने क्रममा उनी सरासर केन्द्रीय बस टर्मिनलको प्राङ्गणमा पुगे।उनी त्यहाँ पुगेपछि उनका शुभचिन्तकले घेरे र गफगाफ गर्न थाले।

उनी भन्छन्,”निषेधाज्ञाको बेलामा मानिसहरूलाई निकै अप्ठ्यारो परेको छ,हुन त यो बाहिर निस्कने अवस्था त होइन यो तर दैनिक ज्याला मजदुरी गर्ने मानिसहरू,गरीब तथा असहायहरूको त कष्टकर अवस्था हो र यो बेलामा यहाँहरूले ज्यानको बाजि लगाएर खाना बनाएर खुवाउनु एउटा अन्त्यन्तै मानवीय काम हो।यसरी सामाजिक काममा होमिँदा खेरी बेग्लै प्रकारको आनन्द आउने गर्छ।”

यसरी भोको पेटमा एक छाक खुवाइदिएर उहाँहरूको मुहारमा खुसी भर्न सक्दा एक किसिमको पुनित काम गरेको महसुस हुन आउँछ। हामी डेढ वर्षदेखी यहीँ चितवन जिल्लामा बसेर रंगशाला निर्माणको काममा लागिरहँदा कहाँ कहाँ सहयोग गर्न र समन्वयकारी भुमिका गर्न सकिन्छ,त्यहाँ त्यहाँ गएर सेवा गर्दै आइरहेका छौँ।हामी त्यो सहयोगी र समन्वयकारी भुमिका निर्वाह गर्दै हिँडेका छौँ।

पहिला पहिला आफैं विभिन्न अभियान संचालन गर्दै अगाडि बढिन्थ्यो तर ठूलो अभियानमा हामी होमिरहँदा खेरी निकै गाह्रो भैरहेको छ। त्यसै पनि त्यहाँ एक एकजना जनशक्ति भन्दा बढी खटिरहनुभएको छ। त्यसै पनि हामी अभावकै बीच अगाडि बढीरहेक छौँ त्यही पनि यस्ता पुनित काम गर्ने संघ संस्थाहरू जसले विभिन्न कामहरू गर्दै अभियानमा जोडिरहनुभएको छ उहाँहरूलाई हौसला भन्ने हिसाबमा एउटा सानो कोसिस मात्रै हो र म चाहिँ माध्यम मात्रै हो।कृपया यस विषयमा तयार पारिएको भिडियो तल दिइएको छ हेरेर प्रतिक्रिया दिनुहोला, धन्यवाद!

भिडियोः

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed