दोश्रो पटक कोरोना संक्रमणमुक्त भएपछि प्रमोद भन्छन्–‘५ दिनसम्म निकै डर लागेको थियो’

२०७८ जेष्ठ १३, बिहीबार १९:१५ गते २०७८ जेष्ठ १३, बिहीबार १९:१५ गते २०७८ जेष्ठ १३, बिहीबार १९:१५ गते

गायक प्रमोद खरेललाई गतबर्ष पनि कोरोना संक्रमण भएको थियो । गतबर्ष भने उनले कोरोनालाई सहजै परास्त गरे । खासै समस्या भएन । उनै, प्रमोदले एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका थिए । यसैले, पनि यसपटक आफूलाई कोरोना संक्रमण नहोला भन्ने उनलाई लागेको थियो ।

तर, १२ दिन अगाडि उनलाई ज्वरो आयो । ज्वरो आउने र ज्यान दुख्ने हुन थालेपछि प्रमोदलाई कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । यसपछि परिक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखियो । कोरोना पोजिटिभ देखिएपछि प्रमोद घरमै आइसोलेसनमा बसे ।

प्रमोदलाई आफूलाई कोरोना कहाँबाट सर्यो भन्ने थाहा छैन । भन्छन्–‘खै, कहाँबाट सर्यो कसरी थाहा पाउने ?’
आइसोलेसनबाट आजबाट मात्रै बाहिर निस्किएका प्रमोदलाई सुरुवातको ५ दिन निकै डर लागेको थियो । उनले भने–‘मलाई कोरोना पोजिटिभ देखिएपछि ५ दिन निकै डर लाग्यो । विशेषगरि, सामाजिक संजालमा मानिसहरुको मृत्युको खबर हेर्दा निकै नै डर लाग्थ्यो । तर, जब २ दिनपछि विस्तारै ज्वरो कम हुन थाल्यो, यसपछि भने कोरोनालाई जितेकी भन्ने लाग्न थाल्यो ।’

प्रमोदले सामाजिक संजालमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुलाई श्रद्धाञ्जली दिनु भन्दा फोन वा म्यासेज गरेर परिवारलाई सान्त्वना दिन आग्रह गरे । उनले भने–‘अहिले सामाजिक संजालमा फैलिएका अतिरञ्जीत खबर र मानिसहरुका मृत्युका खबरले पनि आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई गाह्रो बनाइरहेको छ । यसैले, यतातर्फ पनि ध्यान दिन आवश्यक छ कि जस्तो लाग्छ ।’

प्रमोदलाई कोरोना संक्रमण भएपनि उनको परिवारलाई भने यसले असर गरेको छैन । आइसोलेसनमा बस्दा आफूले गितार बजाएर बसेको प्रमोद बताउँछन् । उनले भने–‘सुरुवातको २ दिन ज्वरो आउँदा त बोल्न सक्ने अवस्थामा पनि थिइनँ । यसपछि विस्तारै ज्वरो कम भएपछि भने गितार बजाएर बस्न थाले ।’

कोरोना पोजिटिभ देखिएपनि आफूलाई श्वासप्रश्वासको समस्या भने नभएको उनले बताए । उनले भने–‘सायद, यस अगाडि पनि कोरोना भएका कारण र खोप लगाएका कारण मलाई ठूलो समस्या नभएको हुनसक्छ । तर, आफूलाई पहिले पनि कोरोना संक्रमण भएको र खोप लगाएको छु भनेर हेलचक्राई भने गर्न हुँदैन ।’

कोरोना संक्रमण भएको १२ दिन भएकाले प्रमोद आइसोलेसनबाट बाहिर आएका छन् । तर, कोरोनाको रिकोभरी समय हुने भएकाले अझै दुई साता आफू बाहिर ननिस्कने प्रमोद बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed