अमेरिकाबाट रमेश उप्रेती र जल शाहको सहयोग

२०७८ जेष्ठ १६, आईतवार २०:५२ गते २०७८ जेष्ठ १६, आईतवार २०:५२ गते २०७८ जेष्ठ १६, आईतवार २०:५२ गते

अभिनेता रमेश उप्रेतीले चलचित्र प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् । लकडाउनमा दैनिकी गुर्जान समस्यामा रहेका प्राविधिकलाई रमेशले पच्चीस हजार रुपैयाँ प्रदान गरेका हुन् ।

हाल अमेरिकामा रहेका अभिनेता उप्रेतीले चलचित्र प्राविधिकका लागि उक्त रकम प्रदान गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् । एक महिनादेखिको लकडाउनका कारण मारमा रहेका चलचित्र प्राविधिकलाई थुप्रै फिल्मकर्मीले नगद एंव राहत सामाग्री प्रदान गर्दै आइरहेका छन् ।

यस्तै निर्देशक सुरेश दर्पण पोखरेलको अगुवाइमा अमेरिकामा सञ्चालित अक्सिजन फर् नेपाल क्याम्पियनमा अभिनेत्री जल शाह र कलाकार शुशांक मैनालीले आर्थिक सहयोग गरेका छन् । निर्देशक पोखरेलका अनुसार जल र शुशांकले क्रमशः ८५ हजार पाँच सय उक्त अभियानमा हस्तान्तरण गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *