श्रीमतीलाई कोरना लागेपछि श्रीमान छोडेर फरार भए, घरबेटीले घर बाट निकालिदिए, वडाध्यक्षको यस्तो सहयोग (भिडियो सहित)

२०७८ जेष्ठ १७, सोमबार ०६:०४ गते २०७८ जेष्ठ १७, सोमबार ०६:०४ गते २०७८ जेष्ठ १७, सोमबार ०६:०४ गते

‘झापा । मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्।

संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्।

सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन्। वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए।

नगरपालिकाको आइसोलेसनमा संक्रमित बिरामीका आफन्तबिना राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन।त्यसपछि घटनाबारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको उनले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *