समस्यामा परेका प्राविधिकलाई करिश्माले बाँडिन् राहत

२०७८ जेष्ठ १७, सोमबार १०:३७ गते २०७८ जेष्ठ १७, सोमबार १०:३७ गते २०७८ जेष्ठ १७, सोमबार १०:३७ गते

कोरोनाका कारण सिर्जित लकडाउनले मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर गरेको छ । नेपाली सिने जगत यसबाट विमुख छैन । यहाँ धेरै मानिसहरु आर्थिक कमजोरीको सामना गरिरहेका छन् । बाहिरी रुपमा नदेखिएता पनि भित्री रुपमा चाहे कलाकारहुन् या प्राविधिकनै सबै आर्थिक रुपमा कमजोर बनेका छन् l
लक्डाउनका कारण आर्थिक समस्या बाट गुज्रिएका फिल्म प्राविधिकहरुलाई अभिनेत्री करिश्मा मानन्धरले राहत वितरण गरेकी छन् l आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि पर ब्यक्तिलाई १५ सय सहयोग गरेकी हुन् ।
‘कोरोना महामारीको समयमा हामी सबैले हातेमालो गर्न जरुरी छ । प्राविधिकहरु हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सक्छौँ, त्यति सहयोग गर्न करिश्माले आग्रह गरेकी छन् ।’ प्रविधिकलाइ केही दीन अघि अभिनेत्री सुमिना घिमिरेले पनि खाध्यान सहयोग गरेकी थिइन् l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *