काठमाडौं । श्रमजिवी पत्रकारलाई कल्पना क्राफ्टका प्रवन्ध निर्देशक अमृत खड्काले दैनिक उपभोग्य सामग्री सहयोग गरेका छन् । अधिराज्य मिडिया नेटवर्कको सहकार्यमा खड्काले ती सामग्री पत्रकारलाई वितरण गरेका हुन् । दैनिक कार्यक्षेत्रमा खटिने पत्रकारहरु पनि आफैंमा समस्यामा पर्ने गरेको महसुश गर्दै उनले ती सामग्री वितरण गरेका हुन् । अर्काको दुःखको समाचार लेख्ने पत्रकारलाई अप्ठेरो पर्दा आफूले पनि केही सहयोग गर्नुपर्छ भन्ने सोच पलाएको उनले बताए ।खड्का सामाजिक सेवामा पनि सक्रिय छन् । उनले कोरोना भाइरसको यो संक्रमणमा विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीका साथै अन्य आवश्यकीय वस्तु पनि वितरण गर्दै आएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0