उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो, परिवारलाइ नसोधी हामिले केहि भन्न मिल्दैन भन्दै पन्छियो अस्पताल

२०७८ जेष्ठ १८, मंगलवार १४:४२ गते २०७८ जेष्ठ १८, मंगलवार १४:४२ गते २०७८ जेष्ठ १८, मंगलवार १४:४२ गते

काठमाडौ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भइरहेको जानकारी आइरहेको बेलामा अस्पतालले उनलाई भेन्टिलेटरबाट निकालिएको जानकारी दिएको छ । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

मंगलवार भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको छ । अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको पुष्टि गरेका छन् ।

अस्पतालले मंगलवार नै उनको अवस्थाको बारेमा स्टेटमेन्ट जारी गर्ने तयारी गरेको छ । त्यसका लागि परिवारसँगको सल्लाह गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आक्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे।

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *