नेपालमै भेटियो ८ जनामा कालो ढुसी संक्रमण, ३ को ज्यान गयो

२०७८ जेष्ठ १९, बुधबार ११:५८ गते २०७८ जेष्ठ १९, बुधबार ११:५८ गते २०७८ जेष्ठ १९, बुधबार ११:५८ गते

कोभिड भएका कम्तीमा पाँच प्रतिशत बिरामीमा गम्भीर समस्या देखा पर्छ र तिनलाई लामो समय सघन उपचार आवश्यक पर्छ। भेन्टिलटरमा भएका बिरामीमा ढुसी र अन्य सूक्ष्मजीवको सङ्क्रमण हुने जोखिम बढी हुने विज्ञहरू बताउँछन्।

महामारीका बेला आईसीयूमा बिरामीको चाप बढी हुँदा सङ्क्रमण रोकथाम गर्न नसकिएको चिकित्सकहरू बताउँछन्। स्टेरोइड र अन्य औषधिको अत्यधिक प्रयोग हुँदा शरीरको प्रतिरोध प्रणाली दुर्बल हुन्छ अनि अन्य अदृष्ट परिस्थितिले गम्भीर अवस्थामा भएका कोभिड बिरामीलाई त्यस्ता सङ्क्रमणको धेरै जोखिम हुन्छ।

ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। डा. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए।

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ। तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’

ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको उनले बताए। भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ। बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ।’ यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो। सांकेतिक तस्बिर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *