जेठ २० काठमाडौँ । उपत्यकामा निषेधाज्ञा अवधिमा पनि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ । यसैगरी किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारबाही हुने जानकारी दिए ।
सरकारले विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने बस्तुको नयाँ सूची सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले खासगरी सुन र चुरोटतर्फ सूची परिवर्तन गरेको हो । तर, यात्रुले भने बेलैमा जानकारी नहुँदा भन्सार जाँच–पासमा समस्या पर्ने गरेको गुनासो गरेका छन् ।
यो पनि पढ्नुहोस : विदेश बाट आउँदा ल्याउन पाउने वस्तुको नयाँ सूची सार्वजनिक, के के कति ल्याउन पाईन्छ ? विदेशबाट फर्कने नेपालीले अब काँचो सुन एकसय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउने छन् । काँचो सुनमा ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय र सोभन्दा माथि प्रति १० ग्रामको ७ हजार ३ सय रुपैयाँ राजश्व तिर्नु पर्ने छ । १ सयग्रामभन्दा माथि काँचो सुन ल्याए जफत हुने छ । ५० ग्रामसम्मको गहना निःशुल्क ल्याउन पाइने छ भने सोभन्दा माथि १ सय ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय र १ सय ५० ग्रामदेखि माथी प्रति १० ग्राम ९ हजार ३ सय रुपैयाँ भन्सार तिर्नु पर्ने छ ।
अरु के के ल्याउन पाईन्छ ?
– चुरोट, एक लिटरसम्म मदिरा, सात किलोसम्म खाद्य परिकार, २ हजार रुपैयाँसम्मको फलफूल र ५ हजार रुपैयाँसम्मको खानेकुरा ।
– मोबाइल, ल्यापटप, ३२ इन्चसम्मको टीभी, ट्याबलेट, घडी, क्यामरा, पोनड्राइभ एक–एक थान ।
– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका लागि प्रयोग गरेका समाग्री ।
– ५ सय ग्रामसम्मको चाँदीको गहना, एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना ।
विदेश जाँदा नेपालमा उत्पादन भएको ५० हजार रुपैयाँसम्मको २१ केजी सामान लैजान पाउने व्यवस्था गरिएको छ । विदेशबाट फर्किनेलाई नयाँ व्यवस्थाको जानकारी नहुँदा जाँचपासमा समस्या भएको छ । यात्रुले भन्सार जाँच–पासमा विचौलियाको विगविगी बढेको गुणसोसमेत गरेका छन् । नयाँ व्यवस्थाले सीमानाका भएर आवत–जावत गर्ने व्यक्तिलाई कुनै छुट वा साहुलियत दिएको छैन । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को प्रावधानअनुसार गरेको परिवर्तन हाल लागू भइरहेको छ । नयाँ आर्थिक वर्षको बजेटले घोषणा गरेका केही प्रावधान भने जेठ १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।
Views: 0