एजेन्सी । समुन्द्रमा करोडौँ टन माटो हालेर डेनमार्कले नयाँ शहर बनाउने भएको छ । देशको संसदले यो प्रोजेक्टका लागि मन्जुरी दिइसकेको छ । यो नयाँ शहर ३५ हजार मानिसहरु बस्न मिल्नेछ ।
बिबिसीको रिपोर्ट अनुसार यो आधुनिक शहरमा सबै खाले सुविधा हुनेछ । कृत्रिम द्वीप निर्माण कोपेनहेगन बन्दरगाहको समुन्द्रको बढ्दो जलस्तरबाट बचाउनका लागि गरिएको बताइएको छ ।
लिनेटहोम नामको यो विशाल द्वीप रिङ रोड, टनेल तथा मेट्रो लाइनका माध्यममार्फत डेनमार्कको राजधानी कोपेनहेगनसँग जोडिनेछ । यसको आकार २.६ वर्ग किलोमिटर हुनेछ । यदी सबै कुरा सही रहेमा यो वर्षको अन्त्यसम्ममा यो परियोजना सुरु हुनेछ ।
यो परियोजनालाई लिएर पर्यावरणविद्हरुले भने आपत्ति जनाएका छन् । यसको निर्माणले सम्भावित प्रभाव पार्ने विषयबारे छलफल नभएको उनीहरुको टिप्पणी रहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0