असार १ गतेदेखि फरक मोडालिटी परिवर्तन गरी निषेधाज्ञा, पसल र सवारी साधन खोल्ने बारे यस्तो छ तयारी

२०७८ जेष्ठ ३०, आईतवार १५:१९ गते २०७८ जेष्ठ ३०, आईतवार १५:१९ गते २०७८ जेष्ठ ३०, आईतवार १५:१९ गते

काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञा लम्ब्याउने तर असार १ देखि फरक मोडालिटी हुने भएको छ ।

स्रोतका अनुसार असार १ पछि निजी सवारी साधन जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइने छ । त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई लामो समय खुला हुनेछन् । त्यस्तै भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने तयारी छ ।

पार्टी प्यालेस, सिनेमा हल, जिम, फुटसल लगायतका ठुला खेल गतिविधि हुने स्थानहरु बन्द नै रहनेछन् । पार्टी, समारोह लगायतका मानिसहरु अत्याधिक जम्मा हुनसक्ने कार्यक्रमहरुलाई सानो संख्या निर्धारण गरेर मात्रै खुल्ला गर्न दिने तयारी गरिएको छ ।

होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड तोकेर दिने या नदिनेमा छलफल चलिरहेको छ । असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ ।

निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उनले बताए । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ । अनलााइन खबर बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed