लकडाउनपीडितलाई राहत वितरणमा सक्रिय बन्दै दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार

२०७८ जेष्ठ ३०, आईतवार १९:०४ गते २०७८ जेष्ठ ३०, आईतवार १९:०४ गते २०७८ जेष्ठ ३०, आईतवार १९:०४ गते

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिले कोरोना भाइरसका कारण दैनिकी संकटमा परेका नागरिकलाई राहत सामग्री वितरण गरेको छ ।राहतस्वरुप चामल, दाल, तेल, नुन, साबुन, मास्क र सेनिटाइजरलगायतका सामग्री वितरण गरिँदै आएको केन्द्रीय अध्यक्ष राजु सुनारले बताए । सुनार नै अध्यक्ष रहेको माइटी गरुडा च्यारिटेवल ट्रष्ट र दलित विद्यार्थी संघको संयुक्त आयोजना २२ दिनदेखि राहत वितरण गरिएको उनले जनाए । ‘हामीले यही अवस्थालाई ध्यानमा राखेर सहयोग केन्द्र खोल्यौं, जसले आजसम्म ६ पटक कार्यालयबाट नै राहत वितरण गरिसकेको छ’ अध्यक्ष सुनारले भने ‘यो असहज अवस्थामा हामी राजनीतिक र सामाजिक अभियान चलाउँदै आएकाले केही समाजसेवा गरेर देखाउनुपर्छ भनेर अभियान थालेका हौं, सबैको सहयोगमा सफल भएका छौं ।’

आइतबार सहयोग केन्द्रको कार्यालय जोरपाटीमा आयोजित राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे प्रमुख अतिथिका रुपमा उपस्थित थिए । प्रमुख चालिसेले सहयोग केन्द्रको काम उदाहरणीय र प्रशंसनीय रहेको भन्दै थपे ‘यो चानचुने काम होइन, जोसुकैले यस्तो गर्न पनि सक्दैनन्, नगरपालिकाले यो अभियानलाई सहयोग गर्छ ।’ मेयर चालिसेले दैनिकी गुमाएर बिहान बेलुका के खाउँ भनेर समस्यामा परेका नागरिकलाई सहयोग केन्द्रले चालेको अभियानको निरन्तरताको कामना गर्दै नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहयोग केन्द्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मा प्रमुख सल्लाहकार, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपक रिसाल विशेष सल्लाहकार, गोकर्णेश्वर नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, महिला अधिकारकर्मी लक्ष्मी पुडासैनी र विश्व हिन्दु महासंघ काठमाडौकी अध्यक्ष रेखा अर्याल सल्लाहकार रहेका छन् ।सहयोग केन्द्रका अध्यक्ष सुनारले कोरोना नियन्त्रणमा आएपछि पनि संस्था सक्रिय रहने र सामाजिक क्षेत्रमा काम गर्ने बताए ।

‘संस्थाले कसैलाई अप्ठेरो परेको खण्डमा सहयोग र समन्वय गर्ने छ, केही समय कोरोनाका विरामीलाई अस्पताल खोजिदिने, अक्सिजन खोजिदिने काम पनि गरेका हौं’ उनले भने ‘राहत लिन यहाँसम्म आउन नसक्नेलाई घरघरमा लगिदिएका छौं, यो क्रम अझै निरन्तर छ ।’ सुनारकै नेतृत्वमा गत वर्षको लकडाउनमा पनि उपत्यकाका विभिन्न स्थानका झण्डै ३ हजार मानिसले राहत पाएका थिए । उनले ठाउँठाउँमा खाना खुवाउने अभियान चलाउनुका साथै राहत पनि वितरण गरेका थिए । उनले यो संक्रमण नघटुञ्जेल र नागरिकको जीवन सहन नहुञ्जेल राहत वितरण गरिरहने जनाएका छन् । सहयोग केन्द्रमा आवद्ध भएका नागरिकका साथै अन्यले यो अभियानमा आर्थिक र भौतिक सहयोग गरेको उनले बताए । सुनारले सहयोगीहरुप्रति विशेष आभार व्यक्त गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed