उपत्यकामा निषेधाज्ञाको सूचना जारि गरेको केहि घण्टामै आफ्नै नियमलाइ सच्याउदै सर्वसाधारणलाई दियो यस्तो सूचना

२०७८ जेष्ठ ३०, आईतवार २०:२० गते २०७८ जेष्ठ ३०, आईतवार २०:२० गते २०७८ जेष्ठ ३०, आईतवार २०:२० गते

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी ले जानकारी दिए ।

यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ ।

होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईनमार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।
संक्रमणदर घट्दो क्रममा आएसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू यो निष्कर्षमा पुगेका छन् कि अब मर्निङ र इभिनिङ वाकमा बाधा नपारौं।

अब निषेधाज्ञा छ भनेर बिहान–बेलुका हिँड्नका लागि प्रशासनले बाधा पार्दैन। सर्वसाधारणले बिहान बेलुका हिँडेर आफ्नो शरीरलाई फूर्तिलो बनाउन सक्नेछन्। तर, प्रशासनबाट जारी हुने आदेशमा यो बुँदा उल्लेख नभएको पनि हुन सक्छ। अब सचेत रहँदै अब बिहान– बेलुका हिँड्नेलाई बाधा नपार्ने निर्णय भएको छ। आफ्नो शारीरिक अवस्थालाई तन्दुरुस्त बनाउन बिहान– बेलुका हिँड्नेलाई बाधा गरिने छैन भन्नेमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रजिअ सहमत छौं।’

भट्टराईका अनुसार बिहान– बेलुका स्वास्थ्य मापदण्ड पूरा गरेर हिँड्ने जनतालाई नरोक्न आन्तरिक रूपमा प्रशासनले जिल्लास्थित प्रहरी प्रमुखहरूलाई सर्कुलर गर्छ। प्रहरीले त्यहीअनुसार हिँड्नेहरूलाई व्यवहार गर्छ।

मर्निङ र इभिनिङ वाकको लागि समय भने तोकिएको छैन। उनीहरू आफ्नो इच्छाअनुसार हिँड्न पाउने छन्। तर, यस मामलामा प्रशासनले स्वास्थ्य प्रोटोकल पालना गर्न भनेको छ। मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ। आवश्यकता अनुसार सर्वसाधारणले स्वास्थ्यलाई ख्याल गरेर सामग्रीहरू प्रयोग गर्न सक्नेछन्।

‘मास्कको अनिवार्यता साथसाथै सेनिटाइजरलगायत आवश्यक मापदण्ड पालना गरी हिँडडुल गर्दा कसैले रोक्ने छैन,’ भट्टराईले भने, ‘तर, मास्क नलगाइकन हिँड्नेलाई प्रहरीले समातेर कारबाही गर्छ।’

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोली सोमबार राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed