आजबाट काठमाडौं उपत्यकामा ब्यापक परिबर्तन, हुने भयो सर्वसाधारणलाइ धेरै सहज

२०७८ जेष्ठ ३१, सोमबार ११:०५ गते २०७८ जेष्ठ ३१, सोमबार ११:०५ गते २०७८ जेष्ठ ३१, सोमबार ११:०५ गते

काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।

यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरीद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ । यस्तै अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रुपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । शैक्षिक संस्थाहरुले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन् ।

नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सिमित कार्यालय मात्रै खोल्न पाइने थियो । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइनेछ ।

अब निषेधाज्ञा छ भनेर बिहान–बेलुका हिँड्नका लागि प्रशासनले बाधा पार्दैन। सर्वसाधारणले बिहान बेलुका हिँडेर आफ्नो शरीरलाई फूर्तिलो बनाउन सक्नेछन्। तर, प्रशासनबाट जारी हुने आदेशमा यो बुँदा उल्लेख नभएको पनि हुन सक्छ। अब सचेत रहँदै अब बिहान– बेलुका हिँड्नेलाई बाधा नपार्ने निर्णय भएको छ। आफ्नो शारीरिक अवस्थालाई तन्दुरुस्त बनाउन बिहान– बेलुका हिँड्नेलाई बाधा गरिने छैन भन्नेमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रजिअ सहमत छौं।’

भट्टराईका अनुसार बिहान– बेलुका स्वास्थ्य मापदण्ड पूरा गरेर हिँड्ने जनतालाई नरोक्न आन्तरिक रूपमा प्रशासनले जिल्लास्थित प्रहरी प्रमुखहरूलाई सर्कुलर गर्छ। प्रहरीले त्यहीअनुसार हिँड्नेहरूलाई व्यवहार गर्छ।

मर्निङ र इभिनिङ वाकको लागि समय भने तोकिएको छैन। उनीहरू आफ्नो इच्छाअनुसार हिँड्न पाउने छन्। तर, यस मामलामा प्रशासनले स्वास्थ्य प्रोटोकल पालना गर्न भनेको छ। मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ। आवश्यकता अनुसार सर्वसाधारणले स्वास्थ्यलाई ख्याल गरेर सामग्रीहरू प्रयोग गर्न सक्नेछन्। ‘मास्कको अनिवार्यता साथसाथै सेनिटाइजरलगायत आवश्यक मापदण्ड पालना गरी हिँडडुल गर्दा कसैले रोक्ने छैन,’ भट्टराईले भने, ‘तर, मास्क नलगाइकन हिँड्नेलाई प्रहरीले समातेर कारबाही गर्छ।’

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोली सोमबार राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यसैगरी अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी कुरामा यसअघिको आदेशमा उल्लेख भए अनुसार हुने जनाइएको छ । अत्यावश्यक र पासबाहक बाहेकका सवारीसाधन असार ७ गते राति १२ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । उक्त निर्णय सोमबार राति १२ बजेदेखि लागू हुनेछ । अत्यावश्यक काममा बाहेक मानिस हिँडडुल गर्न पाउने छैनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed