पीएसजीसँग पाँच गोलले हार्न रेड स्टारले ‘म्याच फिक्सिङ’ गरेको आरोप

२०७५ आश्विन २७, शनिबार ०२:२७ गते २०७५ आश्विन २७, शनिबार ०२:२७ गते २०७५ आश्विन २७, शनिबार ०२:२७ गते

फ्रेन्च अधिकारीहरुले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन(पीएसजी) र  रेड स्टार बेलग्रेडबीचको खेलमा म्याच फिक्सिङ भएको हुनसक्ने भन्दै अनुसन्धान थालेको छ।

फ्रेन्च पत्रिका ला इक्विपलाई उद्धृत गर्दै बीबीसीले रेड स्टारका अधित्रकारीले पाँच मिलियन युरोमा पीएसजीसँग ५ गोलले हार्न म्याच फिक्सिङ गरेको बताएको छ ।
दुवै क्लबले आरोपको खण्डन गरेका छन् ।

च्याम्पियन्स लिगमा समहू सीमा तेस्रो स्थानमा रहेको छ । समान तीन अंक भएको लिभरपूल दोस्रो स्थानमा छ । एक अंकसहित रेड स्टार समूहको पुछारमा रहेको छ भने नेपोली चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

अक्टोबर ३ मा पेरिसमा भएको खेलमा ब्राजिलियन स्टार नेइमारले रेडस्टारसँगको खेलमा ह्याट्रिक गरेका थिए । त्यस्तै इडिन्सन काभानी र एञ्जेल डि मारियाले एक–एक गोल गरेका थिए ।

दोस्रो हाफमा मार्को मरिनले रेड स्टारका लागि एक गोल गरेका थिए ।

सर्बियन क्लब रेड स्टारले युरोपियन फुटबल महासंघले गर्न लगाएको अनुसन्धानले आफ्नो क्लबको इज्जत र मान गुम्ने भन्दै आपत्ति जनाएको छ । यता पीएसजीले पनि पुरै खेल नियम अनुसार नै भएको र पीएसजीले खेलेर नै जितेको बताएको छ । -ujyaloo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *