यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

२०७८ असार ३, बिहीबार ११:०३ गते २०७८ असार ३, बिहीबार ११:०३ गते २०७८ असार ३, बिहीबार ११:०३ गते

घोराही। दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदिको टापुमा फसेका उनिहरुलाई बिपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको हो ।‘यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। ‘रातभरी कठ्याङ्ग्रिएर खरको छाप्रोमा भोकभोकै बास वितायौँ ।

रातभर राप्ती नदीमा आएको बहाव हेर्दै रात विताउन बाध्य भयाैँ । हारगुहारको लागि गाउँ नजिक थिएन ।राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादव, वडा नम्बर २ बेला निवासी २६ वर्षीय राधेश्याम यादव, सोही ठाउँ निवासी ५० वर्षीय सावित्रा यादव र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी बेला कि वर्ष ५० का साबित्रा यादव र मन्साराम चौधरी मंगलवार भैंसी लिएर चराउन हसनापुरको टापुमा गएका थिए ।

लगातार अविरल वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेपछि दिनभरी दायाँ र बायाँ राप्ती नदीको बिचको भागमा रहेको टापुमा फसेका थिए । राप्ती नदिमा बाढी आए पछि टापुमा रहेको खरको छाप्रोमा रात विताएका थिए । उनिहरु घर फर्किन सकेनन । उनिहरु टापुमा फसिसकेका थिए । रात परेको र फसेको घाटको बारेमा एकिन गर्न नसक्दा उद्दार गर्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माले बताउनुभयो ।

`हिजो राति आठ बजे देखि साढे बाह्र बजे सम्म रातभर राप्ती नदीमा उद्दार कार्यकाे लागि खटियाे । पुनः आज विहान छ बजे देखि पाैने दशबजे सम्म अहाेरत्र खटेर भैँसी ग्वाला गएका चारजना स्थानीयकाे सकुशल उद्दार गर्न सफलता प्राप्त गर्याैँ, २९ नं. गण भालुवाङ्का प्रमुख टोप खनालले भन्नुभयो ।२९ नं. गण भालुवाङ्का प्रमुख टोप खनाल रसशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा संयुक्तकाे टोलि उद्दारको लागी राप्ती नदीको बेला घाटमा पुगेको थियो ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *