पछिल्लो समय भारतमा एक ब्यक्तिले गरेको अनौठो दावी भाइरल भएको छ । उनका अनुसार हालै ति ब्यक्तिले को भिड खोपको दुबै मात्रा लिएका थिए । त्यसपछि उनको शरीर चुम्बक बन्यो र हरेक फलामका बस्तु टाँसिन थाल्यो ।
यो घटना भारतको नासिकमा भएको दावी गरिएको हो ।त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले को रो ना विरुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन् । उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ ।
उनको सिको गर्दै नेपालमा समेत यस्तो भिडियोहरु पोष्ट भै रहेका छन् । टिकटक बनेका छन् र मानिसहरु चर्चा गरिरहेका छन् । यसका साथै बिश्वभरीमा मानिसमा खोपका साइड इफेक्टका बारेमा चर्चा गर्दै यस्ता भिडियो सामाजिक सञ्जालमा अपलोड हुने क्रम जारी छ ।
यसबारे अमेरीकामा रहेका डाक्टर कल्याण सुवेदीले प्रष्ट पारेका छन् । उनी प्रष्ट शब्दमा भन्छन्, यो खोपको कारण होइन । उनी त्यस्ता फलाम टाँस्ने ब्यक्तिहरुलाई नुहाउन, सरीर राम्ररी सुकाउन, कोठाको तापक्रम ब्यवस्थित गर्न र शरीरमा पाउडर लगाउन सल्लाह दिन्छन् । यति गर्दा त्यस्ता चुम्बक भएका ब्यक्तिहरुको भ्रम मुक्त हुने उनको दावी छ ।
Views: 0