भैंसीले बाली खाएकाे निहुँमा एकली महिलामाथि निर्घात कुटपिट

२०७५ आश्विन २७, शनिबार १६:१४ गते २०७५ आश्विन २७, शनिबार १६:१४ गते २०७५ आश्विन २७, शनिबार १६:१४ गते

महोत्तरी – भैंसीले बाली खाएको निहुँमा एकजना एकल महिलामाथि निर्घात कुटपीट भएको छ ।महोत्तरीको गौशाला नगरपालिका-११, लक्ष्मीनियाका ४० वर्षीय एकल महिला कुसुमदेवी महतोमाथि निर्घात कुटपीट भएको हो ।

खेतमा भैँसीले बाली खाएको निहुँमा गएकाे बिहीबार अपराह्न कुसुमदेवीमाथि छिमेकी गौरी महतो र उनका छोरा भोला भन्ने रामकुमार महतोले कुटपीट गरेको पीडित परिवारले बताएका छन् ।

कुटपीटबाट घाइते भएकी कुसुमदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।भैँसीले खेतमा बाली खाएपछि गौरी महतोले भैँसीलाई मरणासन्न हुने गरी कुटेर घाइते बनाएपछि गुनासो गर्न जाँदा आफूलाई नै निर्घात कुटपिट गरेको कुसुमदेवीले दुखेसो पोख्नुभयो ।

कुसुदेवीले भन्नुभयो, ‘भैँसीलाई घाइते देखेपछि गुनासो गर्न पुगेकी थिएँ । मैले किन भैँसीलाई त्यसरी कुटेको, क्षतिपुर्ति म ब्यहोरिहाल्थें भनें। त्यसै क्रममा समान्य भानाभान भएपछि गौरी र उनका छोराले लात र मुक्काले शरीरको विभिन्न भागमा गहिरो चोट पुग्ने गरी कुटपीट गरेर मलाई घाइते बनाए ।’

कुसुमदेवीका देवर विन्देश्वर महतोका अनुसार कुटपिटपछि इलाका प्रहरी कार्यालय गौशालामा बावुछोरालाई कार्वाहीको माग गरि निवेदनसमेत दर्ता गराइएको छ । तर प्रहरीले एकजनालाई समातेर फेरि छोडिदिएका छन् ।अहिले पनि उनीहरुले धम्कीसमेत दिइरहेको देवर विन्देश्वरको गुनासो छ ।

यता इलाका प्रहरी कार्यालय गौशालका प्रहरी निरीक्षक भोला भट्टले कुसुमदेवीमाथि समान्य कुटपिट भएकाले त्यसमा संलग्न एकजनालाई समातेर पुनः तारेखमा छोडेको बताउनुभयो । -ujyaloo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *