राजेन्द्र महतोलाई ‘सिंहदरबार प्रवेश निषेध !’

२०७८ असार ७, सोमबार १५:१८ गते २०७८ असार ७, सोमबार १५:१८ गते २०७८ असार ७, सोमबार १५:१८ गते

काठमाडौं, । उपप्रधानमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीको नेतृत्व गर्दै वर्तमान सरकारमा सहभागी छन् । सपथ लिनेवित्तिकै उनी विवादमा पनि आइरहे । महतो बेला बेलामा विवादमा आइरहन्छन् ।

महतोको विगत र वर्तमानको भूमिकालाई लिएर एउटा दलले सिंहदरबार प्रवेश निषेध भन्दै मूलगेटमै सूचना टाँसेको छ । आज नयाँ पार्टी नेपालले महतोलाई सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको सूचना टाँसेको हो ।

रिपोटर्स क्लब नेपालका अनुसार नयाँ पार्टी नेपालको छापसहित उनलाई नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन चुनौती समेत दिइएको छ । सूचनामा भनिएको छ,‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *