कोकाकोला बहिष्कार गरेका रोनाल्डोलाई मैदानमा कसले हान्यो कोककै झटारो ?

२०७८ असार १०, बिहीबार २०:०० गते २०७८ असार १०, बिहीबार २०:०० गते २०७८ असार १०, बिहीबार २०:०० गते

एजेन्सी । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई खेल मैदानमा कोकाकोलाको बोतले झटारो हानिएको छ । उनलाई फ्रान्सका समर्थकले कोकको बोतलले झटारो हानेका हुन् । आफ्नो टिमका विरुद्ध गोल गरेपछि फ्रान्सका समर्थकले यसरी रिस पोखेका हुन् ।

कोक बहिष्कार गरेका उनलाई फ्रान्सका समर्थकले मैदानमा काकाकोलाको बोतलले झटारो हाने । फ्रान्सविरुद्ध दोस्रो गोल गरेसँगै फ्रान्सका समर्थकले रोनाल्डोमाथि कोकको बोतल, बि य रसहितको ग्लासले झटारो हानिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बिहीबार राति भएको खेलमा रोनाल्डोले पोर्चुगलको लागि दुई गोल गरेका थिए। दोस्रो हाफमा २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए। खेल बराबरीमा सम्पन्न भएको थियो। रोनाल्डोले हालै युरोकपकै पत्रकार सम्मेलनमा आफ्नो टेबल अगाडिको कोकको बोतल हटाएर पानी पिउन भनेका थिए।

सो घटनापछि कोकाकोला कम्पनीको सेयरमा गिरावट आएको थियो । ४ अर्ब अमेरिकी डलर कोकाकोला कम्पनीले गुमाएको थियो । यो घटना पछि रोनाल्डोको निकै चर्चा भयो । उनकै कार्यशैली अपनाउँदै केही कलाकारहरुले यस्ता पेय भन्दा पानी नै स्वास्थ्यका लागि उत्तम भन्दै धारणा सार्वजनिक गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *