समाजसेवामा सक्रियता देखाउँदै निशान्तजंग शाही

२०७८ असार ११, शुक्रबार १३:११ गते २०७८ असार ११, शुक्रबार १३:११ गते २०७८ असार ११, शुक्रबार १३:११ गते

काठमाडौं । लकडाउनमा मानिसहरुले त विभिन्न ढंगले दैनिक गुजारा चलाइरहेका छन् । उनीहरु आफूलाई अप्ठेरो परेको बेला माग्न र बोल्न सक्छन् तर बोल्न र भन्न नसक्नेको पीडालाई सम्वोधन गरेका छन् निशान्तजंग शाहीले । काठमाण्डौको उनले कोरोना भाइरसका कारण भएको लकडाउनबाट धेरै मानिसहरु पीडित भएकाले आफ्नो तर्फबाट सहयोग गरेको जनाएका छन् ।

उनले सबैको समन्वय र सहयोगबाट नै हरेक प्रकारको समस्या समाधान हुने विश्वास पनि लिएका छन् । उनले राहतको अभियान चलाउनेलाई पनि सहयोग गरेका छन् । धेरैजसो ठाउँमा गएर उनी आफैंले खानेकुरा बाँडेका छन् । उनले जनावरहरुको पीडा कसैले नबुझेकाले आफूले त्यो वर्गलाई विशेष ध्यान दिएको बताए । उनले सडकमा रहेका जनावर, विभिन्न ठाउँमा रहेका बाँदरलाई खाना खुवाएका छन् । उनले यो आफ्नो सामाजिक अभियान निरन्तर चलिरहने जनाए । बीबीए पढ्दै र नेशनल स्टार हाइस्कुल सोह्रखुट्टेमा पढाउँदै आएका उनले सामाजिक कार्यमा पनि सक्रियता देखाउँदै आएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *