काठमाडौमा निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ परेपछि पल शाहले उठाए यस्तो कदम

२०७८ असार १४, सोमबार १९:३५ गते २०७८ असार १४, सोमबार १९:३५ गते २०७८ असार १४, सोमबार १९:३५ गते

काठमाडौँ । महामारीको समयमा काम नपाएर भोको पेट भएकाहरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गराइएको छ । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले लकडाउनमा काम गुमाएर भोको पेट हुनुपरेकालाई खाना खुवाउँदै आएको थियो । सो समुहका १८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जमिन खाली गराउन गएको प्रहरी र अभियन्ताका बीचमा केहीबेर विवाद पनि भएको थियो । वडा कार्यालयको अनुमतिमा सार्वजनिक जग्गामा अप्ठेरोमा परेकाहरुलाई हाम्रो टिमले निशुल्का खाना खुवाउँदै आएको थियो । खाना पकाउन केही संरचना पनि बनाईको थियो । ति संरचना पनि प्रहरीले भत्काइदिएको छ ।

कलाकार पल शाहले हाम्रो टिम नेपालका सदस्यहरुको रिहाइको माग गरेका छन् । सोमबार हाम्रो टिमका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि शाहले उनीहरुको रिहाइको माग गरेका हुन् ।

सोमबार काठमाडौँ महानगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले हाम्रो टिमले निःशुल्क खुवाउने खाना पकाउने सिंहदरबारको पूर्वी गेटनजिकैको ठाउँ खाली गराएको थियो । सोही क्रममा केही व्यक्तिहरु पक्राउ परेका थिए । शाहले उनीहरुको रिहाइको माग गरेका हुन् । सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना टिमका सदस्यहरुलाई सरकारले द म न गरेको पलको आरोप छ ।

कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको हाम्रो टिम नेपाल माथि आज सरकारले द म न गरेको छ । पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस्,पलले फेसबुकमा लेखेका छन् ।

हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइदिएको छ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने, मेयर र स्थानीयहरूले उठाएर लानु भनेपछि लगिएको हो । उनले वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *