आजदेखि सार्वजनिक बस सञ्चालन, पसल पनि दिनभर खुला

२०७८ असार १५, मंगलवार १०:४५ गते २०७८ असार १५, मंगलवार १०:४५ गते २०७८ असार १५, मंगलवार १०:४५ गते

आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन्। यस्तै खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ।

आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको हो। हिजो सोमबार तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय गरेको हो।

जसअनुसार आज (असार १५) देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो। यसबमोजिम गतेको अंक जोर परेको दिन जोरवाला र बिजोर अंक परेको दिन बिजोरवाला नम्बर प्लेट भएका तर २५ भन्दा बढी सिट भएका बस चलाउन पाइनेछ।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो। यस्तै आजबाट खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *