एकाविहानै काठमाडौको सडकमा अनौठो दृष्य, ट्राफिक प्रहरी पनि छक्क परे !

२०७८ असार १५, मंगलवार ११:०४ गते २०७८ असार १५, मंगलवार ११:०४ गते २०७८ असार १५, मंगलवार ११:०४ गते

काठमाडौ । काठमाडौको सडकमा सवारी ब्यस्थापनको लागि खटेका ट्राफिक प्रहरी पनि छक्क परे । महामारीको खतरा टरेकै छैन । सरकारले लामो समय देखिको निषेधाज्ञाका कारण सर्वसाधारणको आर्थिक उपार्जनको श्रोत बन्द गरिँदा अप्ठेरो परेको भन्दै निषेधाज्ञा खुकुलो बनायो । तर संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा ट्राफिक प्रहरीलाई नै छक्क पार्नेगरी सवारी साधनको चाप बढेको छ।

आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको हो। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ।’ काठमाडौंमा आइतवार भन्दा सोमवार संक्रमितको संख्या पनि बढेको छ । यसले संक्रमणको खतरा कायमै छ भन्ने देखाउँछ ।

भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बासुदेव पाण्डेका अनुसार, अहिले संक्रमणको ‘चेन ब्रेक’ भएको छैन। संक्रमणको जोखिम कायमै छ। ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा। पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ।’

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अब २५ सिट क्षमताभन्दा माथिका बस जोर–बिजोर प्रणालीका आधारमा चल्नेछन्। चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *